पूर्वराजा सिमरामा



काठमाडौं, (नेस)
पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह बाराको सिमरा प्रस्थान गर्नुभएको छ। हिजो बिहीबार दिउँसो २ बजे बुद्ध एयरको विमानबाट सिमरा पुग्नुभएको हो। भोलि शनिबार चितवनमा पूर्वरानी कोमलको जन्मोत्सव मनाउन उहाँ दुवै जना सिमरा जानुभएको हो। आज शुक्रबार बिहान १० बजे ब्रेकफास्ट लिएपछि उहाँहरू चितवन जाने कार्यक्रम रहेको छ।

आफ्नै सवारी प्रयोग गरी सिमरा हुँदै चितवन जाने कार्यक्रम रहेको छ। प्रजातन्त्र दिवसको दिन फागुन ७ गते सबै परिवारका साथ कोमलको जन्मोत्सव मनाएपछि ८ गते पुनः सिमरा फर्किने कार्यक्रम तय भएको छ। उहाँले प्रयोग गर्ने सबै सवारीसाधन फागुन ४ गते नै सिमरा लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्