‘हिन्दु आवादी घटेको छ



नयाँदिल्ली (एजेन्सी)
भारतका केन्द्रिय राज्यमन्त्री किरण रिजिजुले भारतमा हिन्दुको आवादी घटिरहेको र त्यसको कारण हिन्दुले धर्म परिवर्तन नगराउनु रहेको बताए । अन्य देशको तुलनामा भारतमा अल्पसंख्यक तिब्र रुपमा बढिरहेको छ ।

रिजिजुले ट्विट मार्फत कांग्रेस पार्टिको ती आरोपको जवाफ दिएका थिए जसमा भाजपा अरुणाचल प्रदेशलाई हिन्दु राज्य बनाइरहेको उल्लेख छ ।

रिजिजु अरुणाचल प्रदेशका हुन र उनी बौद्ध धर्म मान्छन् । उनको उक्त ट्विटलाई लिएर मुस्लिम संस्था एआइएमआइएमका प्रमुख असदउद्दिन ओवेसीले ट्विटमा रिजिजुृले आफु हिन्दुको मात्र मन्त्री नभएर सबै भारतियको मन्त्री भएको कुरालाई ध्यानमा राख्नु पर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्