लुम्बिनी खुकुरीलाई उपाधि



भैरहवा, (नेस)
लुम्बिनी खुकुरी क्रिकेट क्लबले नेपाल टेलिकम रूपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। बुधबार सम्पन्न फाइनलमा श्री शिवशक्ति क्रिकेट क्लब भैरहवालाई ५५ रनले हराउँदै लुम्बिनी खुकुरीले उपाधिसहित नगद ५० हजार रुपियाँ र ट्रफी हात पार्यो। उपविजेता श्री शिवशक्तिले भने २५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्यो।

स्थानीय सिद्धार्थ रंगशाला भैरहवामा टस जितेर ब्याटिङ गर्दै लुम्बिनी खुकुरीले निर्धारित ४० ओभरको खेलमा १ ओभर बाँकी छँदै सबै विकेट गुमाई १ सय ४८ रनको सामान्य योगफल तयार गरेको थियो। जसमा कप्तान अन्तिम थापाले ४५ र इकलाख अहमदले ३५ रनको योगदान गरेका थिए। बलिङमा श्री शिवशक्तिका लागि विष्णु कटरीया र दुर्गेश कुर्मीले समान ३⁄३ विकेट लिए।

प्रतिउत्तरमा १ सय ४९ रनको विजयी लक्ष्य पछइएको शिवशक्तिले २७ दशमलव ३ ओभरमा ९३ रन मात्र बनाई हार बेहोर्न पुग्यो।

प्रतिक्रिया दिनुहोस्