प्रत्यक्ष प्रसारणकै बेला दुई पत्रकारको हत्या



सान्टो डोमिंगो (एजेन्सी)
क्यारिबियन राष्ट डोमिनिकन रिपब्लिकनमा प्रत्यक्ष रडियो प्रशारण भइरहेको समयमा दुई जना पत्रकारलाई गोली हानी हत्या गरे । मारिएका मध्य एक पत्रकार उक्त कार्यक्रमको फेसबुक लाइभका लागि रिकर्ड गरिरहेका थिए ।

फुटेजमा उनको लाइभ प्रसारणका क्रममा अकस्मात गोली चलेको र डराएकी एक महिला ‘गोली चल्यो, गोली चल्यो‘ भन्दै चिच्याइरहेको देखिएको थियो । उक्त घटना राजधानी सान्टो डोमिंगोको पुर्वी हिस्सामा भएको प्रहरीले जानकारी दिएको छ । हत्याको घटनालाई लिएर तीनजनालाई गिरफ्तार गरिएको छ ।

गोली प्रहारको घटनामा घटनास्थलमा रहेका दुई पत्रकारको मृत्यु भएको छ । ती मध्य एक जना प्रस्तोता लुइस म्यानुएल मेडिना र अर्को रेडियो प्रोड्युसर लियो मार्टिनेज भएको प्रहरीले जानकारी दिए ।

गोलीकाण्डमा एक महिला घाइते भएको र उनको उपचार भइरहेको जनाइएको छ । हिरासतमा लिइएकाहरुमाथि अहिलेसमम आरोप तय भएको छैन । प्रहरीले उक्त आक्रमणको उद्देस्य के हो भन्ने कुरा आफुलाई थाहा नभएको प्रहरीले बताए ।

सन् २०१५ अगस्टमा अमेरिकाको भर्जिनिया राज्यमा यसतै घटनामा दुई पत्रकारको प्रत्यक्ष टिभी प्रसारणका क्रममा हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस्