१ डलरमा विवाह गर्नेको अड्भुत भ्यालेन्टाइन डे



नैरोबी (एजेन्सी)
केन्याको एक जोडीले गत महिना गरिबीका कारण १ डलरमा आफ्नो विवाह सम्पन्न गरेका थिए । ती जोडीले गरिबी कै कारण आफनो विवाह धेरै पटक रोक्नु परेको थियो । उनीहरुको विवाहलाई लिएर विश्वभरी नै चर्चा पनि भएको थियो ।

तर भ्यालेन्टाइन डेमा यो जोडीको चर्चा ठिक उल्टो घटनालाई लिएर भइरहेको छ । ती जोडीका सुभचिन्तकले चन्दा जुटाएर उनीहरुको भ्यालेन्टाइन डेलाई यसतो बनाइदिए जसले १ डलरको विवाहको चर्चा विर्साइदियो ।

गत महिना यो जोडीको विवाह सामाजिक सन्जालमा भाइरल भएको थियो । विल्सन र एन मुटुराले साधारण जिन्स र टिसर्ट लगाएर विवाह गरेका थिए । त्यतिमात्र होइन , एक अर्कालाई दिनका लागि स्टिलका दुई औंठी थियो ।

उनीहरुको त्यो विवाहमा एक डलरमात्र खर्च भएको थियो । तर यो पटकको भ्यालेन्टाइन डेको अवसरमा उनीहरुको दोश्रो विवाह पार्टीमा ३५ हजार अमेरिकी डलर खर्च भयो । यो पार्टी केन्याको राजधानी नैरोबीमा भयो । केन्या सन्चार माध्यमले उक्त खर्चको अनुमान गरेको हो ।

भ्यालेन्टाइन डेको अवसरमा भएको विवाहमा पनि उनीहरुले एक अर्कालाई आंठी लगाइदिएका थिए । तर यस पटक भने स्टिलको होइन । केन्याका नागरिकहरुले अनलाइनमा विवाह पार्टीमा यति धेरै पैसा खर्च गरेकोमा प्रश्न उठाउँदै त्यसको सट्टा उनलाई आर्थिक मद्दत दिएको भए राम्रो हुने सुझाव दिएका छन् ।

यद्यपी उक्त पार्टीका आयोजक सिल्क इभेन्ट्स प्लानरल लिमिटेडका अल्टोनेन जुम्बाले ती जोडीलाई पहिल्यै सहयोग दिइसकेको र यो उनीहरुको रोमान्सका लागि भएको बताए । उनले बीबीसीलाई भने– हामीले यसअघि नै आर्थिक मद्दत गरिसकेका छौं । विभिन्न ब्यक्तीले फरक फरक स्तरको सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्