ताला फोड्न लगाऊ ः गृहमन्त्री



नेपाली कांग्रेसका सभापति देउवाले नेविसंघले केही क्याम्पसमा ताला लगाएको विषय सुन्नासाथ बैठकमा रहनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिलाई तत्काल ताला फोड्न आग्रह गर्नुभएको थियो।

त्यसलगत्तै गृहमन्त्री निधिले त्रिविका उपकुलपतिलाई सोध्नुभएको थियो– ‘ल भन्नुस् भिसी सर⁄ अहिले नै ताला फोड्न लगाऊँ? लगत्तै भिसीले भन्नुभएको थियो– ‘एक दुई दिन कुरौं। हामी एकपटक छलफल गरेर हजुरलाई भन्छौं। त्यसपछि गृहमन्त्री निधिले भन्नुभयो– ‘हामी पूर्णरूपमा सबै निकायको सुरक्षा दिन तयार छौं। ताला फोडेर भए पनि स्ववियुको निर्वाचन प्रक्रिया शुरू गर्नुस्।

प्रतिक्रिया दिनुहोस्