ताप्लेजुङमा भलिबल शुरू



ताप्लेजुङ, (नेस)
नेपालकै सर्वाधिक पुरस्कार भएको दोस्रो पाथिभरा भलिबल प्रतियोगिता मंगलबारबाट शुरू भएको छ। राउन्ड रोविनको आधारमा खेलाइने खेलमा नेपालका तीन विभागीय भलिबल टिमसहित दुई क्षेत्रीय टिम गरी ५ टिमको सहभागिता रहने छ।

उद्घाटन खेलमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले जित हात पारेका छन्। पहिलो खेलमा आर्मीले मध्यमाञ्चल भलिबल टिमलाई २५–१०, २५–१७ र २५–१० को सोझो सेटमा हरायो। त्यस्तै दोस्रो खेलमा पुलिसले पूर्वाञ्चल भलिबल टिमलाई २५–१८, २५–१३ र २५–१४ को सोझो सेटमा पराजित गरेको छ।

३ लाख ३० हजार नगद पुरस्कार विजेताले पाउने सो प्रतियोगिता ताप्लेजुङमा आयोजना भएको हो। उपविजेताले एक लाख ६५ हजार पाउनेछ भने तेस्रो र चौथो हुने टिमले ३५⁄३५ हजार नगद प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्