प्लेब्वाइले नांगो तस्वीर छाप्ने



न्युयोर्क, (एजेन्सी)
वयस्कका लागि मात्र छापिने पत्रिका प्लेब्वाइले पुनः नांगो तस्वीर छाप्ने जनाएको छ। पत्रिकाका प्रमुख क्रिएटिभ अधिकारी कूपर हेफ्नरले उक्त निर्णयको घोषणा गरेका हुन्। उनले पत्रिकाबाट पूर्णरूपमा नग्नता हटाउने फैसला गलत भएको बताए।

हेफ्नरले एक ट्विटमा भने– ‘आज हामी आफ्नो पहिचानलाई फिर्ता गर्दै छौं र फेरि एक पटक हामी को हौं बताउनेछौं।’ २६ वर्षका हेफ्नर पत्रिकाका मालिक ह्यु हेफ्नरका छोरा हुन्। अमेरिकाबाट प्रकाशित हुने उक्त पत्रिकाले आफ्नो मार्च–अप्रिलको अंक बजारमा पठाएको छ। यसमा मोडलको तस्वीरलाई नेकेडल्स नर्मल ह्यासट्यागसँगै छापिएको छ।

पत्रिकाको यस कदमलाई सामाजिक सञ्जालमा केहीले राम्रो निर्णय भएको बताउँदै स्वागत गरेका छन्। केहीले भने पत्रिकाको विक्रीमा गिरावट आउनुले उक्त निर्णय लिएको प्रतिक्रिया दिएका छन्। अश्लीलतासम्मको पहुँच अहिले पनि अत्यन्त सहज हुनु राम्रो कुरा नभएको उल्लेख गरेका छन्।
हेफ्नरले सोमबार लेखेका छन्– ‘म पहिलो पुरुष हुनेछु जसले यो पत्रिकामा जुन रुपमा नग्नता देखाइएको छ, त्यो अब पुरानो भइसकेको छ।’

उनले भने– ‘नग्नता कहिले पनि समस्या थिएन, किनभने नग्नता समस्या होइन।’
प्लेब्वाइको स्थापना सन् १९५३ मा भएको थियो। यस पत्रिकाले मार्च २०१६ देखि नग्न तस्वीर छाप्न बन्द गरेको थियो। पत्रिकाका मालिकले अहिलेको समयमा इन्टरनेटले नग्नतालाई पुरानो बनाइदिएको बताए। यस्तोमा अश्लील पत्रिका नाफाको व्यापार नरहेको उनले थपे। एक समय प्लेब्वाइ ५० लाख ६० हजार प्रति छापिन्थ्यो। यो गत वर्ष घटेर ७ लाखमा झेरेको थियो।

प्रतिक्रिया दिनुहोस्