‘ट्रम्पले काम सिक्दै छन्’



बेइजिङ, (एजेन्सी)
चीनको सरकारी मिडियाले एक चीन नीतिको मामिलामा आफ्नो पहिलाको बयानबाट फिर्ता लिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयले उनले आफ्नो नयाँ कामका बारेमा सिक्दै गरेको संकेत भएको उल्लेख गरेको छ। ट्रम्पको पछिल्लो कदम चीन अमेरिकाको सम्बन्धको बीचमा रोकावट नहुने संकेत भएको पनि अखबारले जनाएको छ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले चीनका राष्ट्रपति सी जिनपिङसँगको पहिलो टेलिफोन वार्ताका क्रममा एक चीन नीतिको पालना गर्ने ट्रम्पको प्रतिबद्धताको प्रशंसा गरेको छ। अमेरिकाले पहिल्यैदेखि उक्त नीतिको अनुसरण गर्दै आइरहेको छ। उक्त नीतिले ताइवानलाई चीनले आफ्नो हिस्सा भएको बताउँछ।

अखबारले एक सम्पादकीयमा भने पद सम्हालेपछि ट्रम्प र उनको टोलीले चीनका बारेमा आफ्नो सोच परिवर्तन गरेका छन्। ट्रम्पले चीनको प्रमुख चासोलाई चुनौती दिन बन्द गरेको छ र त्यसको ठाउँमा बेइजिङप्रति सम्मान देखाएको छ। पद सम्हाल्नु अगाडि ट्रम्पले आफू एक चीन नीति अनुसरण गर्न बाध्य नभएको बताएका थिए। उनले राष्ट्रपति पद सम्हालेलगत्तै ताइवानका राष्ट्रपतिसँग प्रत्यक्ष टेलिफोन वार्ता गरी प्रोटोकल तोडेका थिए।
चीनले ताइवान उसको पृथक्तावादी प्रान्त हो र उसलाई आफ्नो अधिकार क्षेत्रमा ल्याउनुपर्छ भन्ने नीति लिएको छ। यसका लागि चीनले बल प्रयोग गर्ने विकल्प पनि खुला राखेको छ।

प्रतिक्रिया दिनुहोस्