ट्रम्पले चाँडै नयाँ कार्यकारिणी आदेश जारी गर्ने



वासिंगटन, (एजेन्सी)
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका थप केही राष्ट्रका नागरिकहरूलाई संयुक्त राज्य अमेरिका प्रवेश गर्न नदिन एउटा नयाँ कार्यकारिणी आदेशमा हस्ताक्षर गर्ने सोचमा रहेको सरकारी सूत्रले शनिबार जनाएको छ।

अमेरिकाका विभिन्न अदालतले उनको यसअघिको यससम्बन्धी प्रयास उल्टाइ दिएपछि उनी नयाँ सोचमा रहेको बताइएको छ। ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूलाई सकेसम्म सोमबार नै वा मंगलबारसम्ममा एकदम नया“ आदेश जारी गर्ने जानकारी दिएका छन्।

अमेरिकाको सान फ्रान्सिस्कोस्थित पुनरावेदन अदालतले उनको यससम्बन्धी अघिल्लो आदेश निलम्बन गर्ने आदेश दिएपछि उनले यो कदम चाल्न लागेका हुन्। उनको पहिलो कार्यकारिणी आदेशले विश्वका सातवटा मुश्लिम राष्ट्रका जनतालाई अमेरिका आउन रोक लगाएको थियो।

तर नया“ अमेरिकी आप्रवास आदेश कस्तो हुने हो भन्ने स्पष्ट भएको छैन। ट्रम्पले नया“ आदेशमा अलिकति परिवर्तन हुने बताए पनि विस्तृत विवरण सार्वजनिक गरेका छैनन्। एक साताअघि सियाटलका एकजना न्यायाधीशले पनि उनको आदेश राक्ने निर्णय गरेका थिए।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानका प्रधानमन्त्री सिन्जो आबेलाई हार्दिक स्वागत गर्दै आपसी सम्बन्धलाई थप घनिष्ठ बनाउने बताएका छन्।

अमेरिकी राष्ट्रपति कार्यालय ≈वाइट हाउसमा शुक्रबार भएको वार्तापछि ट्रम्पले जापानको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता जाहेर गरेका छन्। अमेरिका र जापानबीचको सम्बन्ध प्रशान्त क्षेत्रको शान्तिका लागि अति महत्वपूर्ण भएको ट्रम्पले बताएका छन्।

यस भेटघाटको क्रममा जापानका प्रधानमन्त्री आबेले उत्तर कोरियाबाट रहेको आणविक हतियारको खतरा दुवै देशका लागि उच्च प्राथमिकता परेको बताएका छन्। दुवै नेताले दुई देशबीचको व्यापार र आर्थिक सम्बन्ध सुदृढ बनाउनुपर्ने आवश्यकतामा पनि जोड दिएका छन्।

भेटबार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले जापानलाई एउटा महत्वपूर्ण र दृढ सहयोगीका रूपमा लिंदै दुईपक्षीय सम्बन्धलाई थप निकट बनाउने प्रतिबद्धता जनाएका छन्।

सामरिक दृष्टिकोणले महत्वपूर्ण रहेका वाकिनावा टापूसहित जापानका अन्य क्षेत्रमा अमेरिकी सेनाले आफ्नो महत्वपूर्ण उपस्थिति जनाउ“दै आएको छ। यस विषयमा पनि तिनीहरूबीच गम्भिर कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्