सहकारी ठग्नेबाट ५१ लाख ७६ हजार भराइने

हेटौंडा,(नेस) । पालुङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ठगी मुद्दा उच्च अदालत पाटन हेटौंडा इजलासबाट फैसला भएको छ । मकवानपुर जिल्ला अदालतबाट ११ जनालाई दोषी ठहराइएकोमा उच्च अदालतले मंगलबार ७ जनालाई मात्र दोषी ठहर गरेको छ ।

जसमध्ये सुरेन्द्र कार्की, सरिता बस्नेत, रामहरि बिष्ट र सीताराम बिष्टले सफाइ पाएका छन् भने जिल्ला अदालत मकवानपुरले सफाइ दिएकालाई सुरु सदर गरिएको छ । उच्च अदालतको फैसलाअनुसार रामबहादुर बस्नेत, हरि बस्नेत, आइतीमाया बस्नेत, सुरेन्द्र बस्नेत, मनोहर बस्नेत, तुलसा बस्नेत र मीनबहादुर बस्नेतलाई दोषी ठहर गरी ५१ लाख ७६ हजार भराइ सोहीबराबरको रकम जरिवाना हुने फैसलामा उल्लेख छ ।

सहकारीमा आर्थिक घोटाला गरेको अभियोग लागेका ६ जनालाई जिल्ला अदालतको फैसलापछि थुनामा पठाइएको थियो । माया थोकरसमेत एकहजार एक जनाको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेका उनीहरुलाई भीमफेदी कारागार चलान गरिएको थियोे ।

रामहरि बिष्टलाई ५० लाख र सुरेन्द्र कार्कीलाई १५ लाख धरौटी माग गरेकोमा उनीहरु धरौटी रकम बुझाउन नसक्दा थुनामा परेका थिए । अन्य चार जना सुरेन्द्र बस्नेत, रामध्वज केसी, सरिता बस्नेत र बिनिता मल्ल पुर्पक्ष थुनामा परेका थिए ।

६ वर्षअघि ठगी मुद्धा जाहेरीका आधारमा तीन करोड ५६ लाख ५५ हजार ६ सय १६ रुपियाँ बिगो तोकिएको थियो । मुद्धाका केही अझै फरार रहेको पीडितले बताएका छन् । जसमध्ये अध्यक्ष रामबहादुर बस्नेतसमेत छन् ।

प्रतिक्रिया दिनुहोस्