सडक भत्काएका होटलको कागजत अख्तियारले लग्यो



काठमाडौं, (नेस)।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्शालमा निर्माणाधीन डबल ट्री हिल्टन होटलको कागजात नियन्त्रणमा लिएको छ । अख्तियारले बिहिबार बिहान काठमाडौं महानगरपालिकाबाट नियन्त्रणमा लिएको हो ।

होटल निर्माणमा आर्थिक अनियमितता भएको आशंकामा छानबिनका लागि बिहीबार बिहान कागजात नियन्त्रणमा लिइएको अख्तियारले जनायो । यसअघि महानगरले हचुवाको भरमा निर्माण अनुमति दिएको व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिले निष्कर्ष निकाल्दै त्यसबारे छानबिन गरिरहेको छ ।

होटल निर्माणको क्रममा नक्शाल(भगवतीबहाल सडक भासिएको छ । सडक भासिएपछि करिब एक महिनादेखि सो सडकमा यातायातका साधन चल्न सकेका छैनन् । निर्माणस्थल वरपरका घरहरुसमेत चर्किएका छन् । स्थानीयबासीले निर्माण कम्पनिलाई कारबाही गर्न माग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्