बिमा पुनरवलोकन गरिँदै



काठमाडौं(नेस)
सरकारले बीमा क्षेत्रको नियमनलाई बलियो बनाउन जोखिममा आधारित पूँजी संरचना तयार पार्ने भएको छ।
सरकारले तयार पारेको पाँच बर्षे रणनीति योजना अनुसार आर्थिक बर्ष २०७४ र ७५ भित्र बिमा क्षेत्रलाई सुदृढ तुल्याउँदै कानुनी तथा नियमनकारी संरचना दरिलो पार्न जोखिममा आधारित पूँजी संरचना तयार पारि लागू गरिने छ।

सरकारले विद्यमान बिमा ऐन, नियम तथा निर्देशिकाको पुनरावलोकन तथा संशोधनसमेत गर्ने भएको छ। यो काम भने चालु वर्षभित्र नै हुनेछ। सरकारले बीमा समितिमार्फत गाभ्ने गाभिने तथा प्राप्ति गर्ने नियमनलाई पनि पुनरावलोकन गर्ने भएको छ।
सरकारले बीमा समितिलाई जोखिम व्यवस्थापन मार्ग दर्शन तयार पार्न म्यान्डेट दिइसकेको छ। साथै जोखिममा आधारित सुपरिवेक्षण व्यवस्थाको विकास गर्न पनि बीमा समितिले म्यान्डेट पाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्