वेनिषाको रोमान्स



गायक रोशन श्रेष्ठको स्वरमा रहेको तिमी नै तिमी बोलको गीतमाथि बनेको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायक श्रेष्ठकै शब्द रहेको गीतमा कल्याण सिंहको संगीत र दिनेश श्रेष्ठको संगीत संयोजन छ।

पोखरा र चितवनका विभिन्न स्थानमा खिचिएको भिडियोमा नायिका वेनिशा हमाल र मोडल सागर पोखरेल फिचरिङ भएका छन्। प्रेमभाव बोल्ने गीतमा सागर र वेनिशाको केमेस्ट्री आकर्षक लाग्छ। निकेश खड्काको निर्देशनमा तयार भएको भिडियोलाई उत्सव दाहालले खिचेका छन् भने निशान घिमिरेले सम्पादन गरेका छन्। यसअघि यो मन रम्दैछ, कहाँ समय र सोचि हेरलगायतका गीतहरू बजारमा ल्याइसकेका गायक श्रेष्ठले प्रेम महिना पारेर तिमी नै तिमी बोलको म्युजिक भिडियो सार्वजनिक गरेको बताए। प्राय सधैं रोमान्टिक गीत ल्याउँदै आएका गायक श्रेष्ठले योपटक पनि भ्यालेनटाइन महिनालाई लक्षित गर्दै प्रेमको स्वाद मिसिएको तिमी नै तिमी गीत सार्वजनिक गरेको बताए।

 

प्रतिक्रिया दिनुहोस्