डाँगी इटाली जाने पक्का



Hisilicon Balong

हेटौंडा, (नेस)
सुनसरीका १८०३ रेटेड मणिराज डाँगीले अप्रिल १ देखि ९ तारिखसम्म इटालीमा हुने विश्व एमेच्योर चेस च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने पक्का भएको छ । डाँगीले नेपाल बुद्धिचाल संघ र नेकोस मकवानपुरद्वारा हेटौंडामा संयुक्तरुपमा आयोजित प्रेमबहादुर थापामगर स्मृति चौथौ राष्ट्रिय एमेच्योर चेस च्याम्पियनसिपको उपाधि बिहीबार जितेका हुन् । उपाधिसँगै उनले नगद ५० हजार पनि हात पारे ।

डाँगीले विहीबार सम्पन्न छैटौं खेलमा थापाथली चेसपार्कका सुशील चौधरी र सातौंमा रुकुमका मिलन रोकालाई हराएर साढे ५ अंक प्राप्त गरेका थिए । समान साढे ५ अंक भए पनि डाइरेक्ट इन्काउन्टर टाइब्रेकमा थापाथलीका सुमित पन्त दोस्रो र काठमाडौंका नवीन तण्डुकार तेस्रो भए । सुमितले नगद १५ हजार र नवीनले साढे ७ हजार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्