इनोभेटिभ र रिलायन्स फाइनलमा



काठमाडौं, (नेस)
इनोभेटिभ र रिलायन्स रेसिडेन्सियल स्कुल १५ औं ज्ञान निकेतन बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन्।

इनोभेटिभले ममता गुरुङको १५ अंकको योगदानमा एचएचसीएलाई २७–२५ ले पराजित गर्यो। रिना भण्डारीको १८ अंक जोड्दा रिलायन्सले न्यु भिजनलाई ३४–१९ ले हराएको थियो। जुनियर ब्वाइजमा नेरिक एकेडेमी र एन्जल लर्ड फाइनलमा पुगिसके भने प्लस टु ब्वाइजमा प्राइम र जेभियर इन्टरनेसनल कलेजले उपाधि भिडन्त पक्का गरिसकेका छन्। सिनियर ब्वाइजमा पुष्पसदनले इनोभेटिभलाई ७१–४१, भ्याली पब्लिकले टीआईएलाई ३९–२७, नेरिकले कौस्तुपलाई ३८–२१ तथा एचएचसीएले ज्ञान निकेतनलाई ४८–३८ ले पाखा लगाउदै सेमिफाइनलमा पुगे।

प्रतिक्रिया दिनुहोस्