कौशललाई उपाधि



काठमाडौं, (नेस)
कौशल इङलिस स्कुलले ओप्स खेलकुद सप्ताहको फुटबलतर्फको उपाधि जितेको छ । मंगलवार भएको उपाधि भिड्न्तमा कौशलले प्रगति स्कुललाई १–० गोलले स्तब्ध बनायो । पहिलो हाफगोल रहितभएपनि दोश्रो हाफको १५ औ मिनेटमा रसिल सिखंडाको पासमा सन्देश बिन्दुकारले निर्णायक गोल गरेका थिए ।

एथलेटिक्सतर्फ हिम रश्मी स्कुल च्याम्पियान बन्यो । उसले कुल १८ अंकबनायो । दोश्रो स्थानमा रहेका ज्ञानमन्दिरले १६ अंक जोड्दा तेश्रो स्थानमा रहेको कौशलले १० अंकजोड्न सफलभयो । ब्याडमिन्टनमा सामाखुसी बोडिङ स्कुल(सेब)अग्र स्थानमा रहन सफल भयो । माघ १२ गते सुरुभएको खेल सप्ताहमा १९ स्कुलको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्