संरक्षक र राणा विजेता



काठमाडौं, (नेस)
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगितामा संरक्षक बज्राचार्य र मायांका राणा विजेता बनेका छन् ।

मंगलबार सम्पन्न प्रतियोगिताको पुरुष सिंगल्स फाइनल खेलमा ललितपुरका संरक्षकले एआईएका कुमार अधिकारीलाई ७–५, ७–६ ले पराजित गरेका हुन् । यसैगरी महिला एकलतर्फको फाइनल खेलमा ललितपुरकी मायांकाले पोखराकी गंगा शर्मालाई ६–४, ६–२ ले पराजित गरिन् । ३५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा ललितपुरका राजु क्षेत्रीले नेपाल एपीएफ क्लवका श्रीराम मगरलाई ४–६, ६–३ र १४–१२ ले तथा ४५ वर्षमाथि भेट्रान्स एकलतर्फको फाइनल खेलमा ललितपुरका कृष्णराज घलेले हेटौडाका प्रताप मोक्तानलाई ६–४, ६–१ ले पराजित गरी विजयी भएका छन् ।

रत्नजीत सेमिफाइनलमा
यसैगरी १३औं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न पुरुष एकलतर्फको इभेन्ट्समा त्रिभुवन आर्मी क्लवका रत्नजित तामाङले सेमिफाइनलमा स्थान बनाएका छन् । उनले नेपाल एपीएफ क्लवका सुमन लिम्बुलाई २१–९, २१–१६ ले हराए । त्यस्तैनेपाल पुलिस क्लवका गौतम कठायतले सोहि क्लवका दिपक बोहरालाई २१–८, २१–१७ ले तथा त्रिभुवन आर्मी क्लवका नविन श्रेष्ठले नेपाल एपीएफ क्लवका सुनिल जोशीलाई २१–१८, २१–१४ ले पराजित गरि सेमिफाइनलमा प्रवेश गरेका छन् ।

यसैगरी महिला एकलतर्फको खेलमा नेपाल एपीएफ क्लवकी शिक्षा श्रेष्ठले सोहि क्लवका शोभा गौचनलाई २१–१०, २१–१८ ले, त्रिभुवन आर्मी क्लवका अनुमाया राईले सोहि क्लवका सुनैना मुखियालाई १५–२१, २१–१८ र २१–१७ ले, त्रिभुवन आर्मी क्लवका नङ्गशलादेवी तामाङले सोहि क्लवका जेसिका गुरुङ्गलाई २१–२३, २१–१९ र २१–१९ ले तथा नेपाल एपीएफ क्लवकी मेघा चन्दले त्रिभुवन आर्मी क्लवका अमिता गिरीलाई २१–२३, २१–२० र २१–१९ ले पराजित गरी सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुलिस र एपीएफ सेमिफाईनलमा

सशस्त्रप्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको तेश्रो दिनको खेलबाट सफलता हात पादै पुलिस र आयोजक एपीएफले सेमिफाईनलमा स्थान शुरक्षित गरेको छ ।

हलचोक स्थित एपीएफको भलिबलकोर्टमा भएको खेलमा पुलिसले दोहोरो सफलता निकाल्दै समूहबीको बिजेताको रुपमा सेमिफाईनलमा प्रबेश गरेको हो । पुलिसले पहिलो खेलमा आर्मीलाई २५–२०,२५–१४ र २५–१४ र दोश्रो खेलमा पश्चिमाञ्चललाई २५–१२,२५–१९ र २५–२१ को सोझो सेटमा हराएको थियो । त्यस्तै समूह ए को बिजेताको रुपमा सेमिफाईनलमाप्रबेश गरेको एपीएफले न्युडायमण्ड एकेडेमीलाई ३–१को सेटमा हरायो । पहिलो सेट २२–२५ ले गुमाएको एपीएफले खेलमाफर्कदै लगातार तीन सेट २५–१२,२५–२३ र २५–२३ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्