सञ्जयलाई नगदसहित सम्मान



काठमाडौं, (नेस)
अन्टारटिकाको सर्वोच्च शिखर आरोहण तथा अन्टारटिकाकै अर्को चर्चित पर्वत माउन्ट रजम्यान आरोहण गरेका विश्व पर्वतारोही सञ्जय पण्डितलाई सोमबार कोशी ग्रुपले २ लाख १० हजारसहित सम्मान गरेको छ।

ग्रुपका अध्यक्ष तथा पूर्वप्रहरी नायव उपरीक्षक गोविन्द थपलियाले उक्त रकम बराबर चेक तथा सम्मान–पत्रसहित खादा लगाएर सञ्जयलाई सम्मान गरेका छन्। सञ्जयले सगरमाथा मनास्लुसहित विश्वका १० शिखरहरू सफलतापूर्वक आरोहण गरेका छन्। पण्डितले अफ्रिकाको शिखर किलिमन्जारो र अस्ट्रेलियाको शिखर कोजियसको उल्टो हिँडेर आरोहण गरेका थिए।

पण्डित उल्टो हिँडेर हिमाल आरोहण गर्ने नेपालका पहिलो विश्व पर्वतारोहीसमेत हुन्। काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष थपलियाले नेपाललाई आरोहणको माध्यमबाट अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन अहम् भूमिका खेलेकाले उनको साहसलाई उच्च मूल्यांकन गर्दै कोशी ग्रुपले सम्मान गरेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्