श्रेष्ठ नेतृत्वको टोली रसिया प्रस्थान



काठमाडौं, (नेस)
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आधुनिक खेल पूर्वाधार अवलोकनका लागि रसिया प्रस्थान गरेका छन्।

आगामी तेह्रौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को तयारीका लागि आवश्यक भौतिक पूर्वाधार निर्माणका लागि यथेष्ट जानकारी लिन एनओसी अध्यक्ष श्रेष्ठ, युवा तथा खेलकुद मन्त्रालयका सचिव महेश दाहाल, सहसचिव चुडामणी पौडेल र राष्ट्रिय खेलकुद परिषद्का ईन्जिनियरहरू अरुण उपाध्याय र तिलोत्तम बस्याल सहभागी पाँच सदस्यीय टोली रसिया प्रस्थान गरेको हो।

प्रतिक्रिया दिनुहोस्