थिएटर मल्ल बन्यो बेड नं ९९



थिएटर मल नाटकघर यसपटक अस्पताल बनेको छ। थिएटर मलमा शुक्रबारदेखि सुरु भएको नाटक बेड नं. ९९ ले नाटकघरलाई अस्पतालको रूप दिएको हो।
शुक्रबार प्रिमियर गरिएको नाटक बेड नं ९९ महेशविक्रम शाहको कथालाई घनश्याम श्रेष्ठले नाटकको रूप दिएका हुन्। मनोवैज्ञानिक शिल्पमा पोख्त कथाकार शाहको यस कथालाई नाटकमा पनि निर्देशक श्रेष्ठले मनोवैज्ञानिक विम्वहरूमार्फत दृश्यमा उतारेका छन्। नाटक मञ्चनपछि कथाकार शाहले कथाभित्रको कथालाई वास्तविकताको रूप दिने एक सशक्त विधा रहेको चर्चा गर्दै पात्रहरू सशरीर उभिएर र हावभाव गर्दा रोमाञ्चित भएको बताए। ‘कथामा पाठकले पात्रहरूको कल्पना गर्छ। नाटकमा पाठकले पात्रहरूलाई देख्छ, महस”स गर्छ। यसर्थ कुनै पनि कथाको नाटकीकरण हुनु भनेको कथाले दोस्रो जीवन पाउनु होु उनले भने।

बेड नं ९९ एक पुरुषको कथा हो, जसले संगैको अर्को बेड नं ९८ को कथा बोल्छ, जो आफैमा हिनतावोधले ग्रस्त छ। ऊ आफ्नी श्रीमतीलाई शंका मात्र गर्छ। यस नाटकले यस्ता मनोरोगीको उपचार विधिलाई रोचक ढंगले प्रस्तुत गरेको छ।

निर्देशक घनश्याम श्रेष्ठले सेट, प्रकाशको सुन्दर संयोजन त गरेका छन् नै, त्यससंगै कोरसको माध्यमबाट नाटकलाई विम्ब र प्रतीकहरूले सजाएर कलात्मक रूपमा पनि ओजिलो बनाएका छन्। कथालाई नाटकका रूपमा थिएटर मलले पहिलोपटक मञ्चन गरेको हो। फरक फरक प्रस्तुति र विषयमा नाटक मञ्चन गर्ने थिएटर मलले यो पटक थिएटर आकारसंगको सहकार्य गरेको नाटकघरका कला निर्देशक केदार श्रेष्ठले जनाए। ‘यस नाटकले थिएटर मलको विविधतालाई थप सघाउ पुग्ने विश्वास छु उनले भने। बेड नं ९९ मा विकास जोशी, श्याम खड्का, शुष्मा कोइराला, रेनुका कार्की, सुशिला लक्ष्मी श्रेष्ठ, श्रीनेहा कोइराला, केसव रिजाल, शुभम गणेश पौडेल, सुमन कोइराला, अन्जनी भरतवाल, शंकर भण्डारी, अर्जुन पौडेल, अनुजा अधिकारी, उमेश कार्की, प्रजुला महर्जन लगायतले अभिनय गरेका छन्। नाटक माघ २९ सम्म बुधबारबाहेक हरेक साँझ मञ्चन हुन जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्