प्याराडाइजलाई उपाधि



काठमाडौं, (नेस)
प्याराडाइज युवा क्लब ‘बी’ले दोस्रो रामेछाप खुल्ला राष्ट्रिय भलीबल प्रतियोगिताको उपाधि जितेको छ। उपाधि जित्ने क्रममा प्याडाइजले शुक्रबार भएको फाइनल खेलमा हिमगंगा गाविसलाई २५–१६, २५–२३, २५–२० को सोझो सेटमा पराजित गर्यो। त्यस्तै लोकतान्त्रिक खेलकुद संघ, रामेछापलाई २५–१८, २५–१५, २५–२२ले हराउँदै नमुनादीप तेस्रो भयो। उपाधि विजेता प्याराडाइजले १ लाख ५० हजार, उपविजेता हिमगंगाले ७५ हजार, तेस्रो हुने नमुनादीपले ५० हजार तथा चौथो हुने लोकतान्त्रिकले ३० हजार रुपियाँ पुरस्कार पाए।

प्रतिक्रिया दिनुहोस्