ग्रान्डीमा बाल उपचार सेवा



काठमाडौं, (नेस)
ग्रान्डी अन्तर्राट्रिय अस्पतालले बालरोग उपचार सेवा शुरू गरेको छ। सेवा शुरू गरेको पाँच वर्ष प्रवेश गरेको उपलक्षमो अस्पतालले उक्त सेवा शुरू गरेको हो।
अस्पतालका अनुसार चौबिसै घण्टा बालरोग विशेषज्ञ सेवा उपलब्धता रहने पेडियाट्रिक इमरजेन्सी बाल आकस्मिक उपचार सेवा, अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने बालबालिकाका लागि समर्पित पेडियाट्रिक बार्ड (समर्पित बाल उपचार कक्ष), सघन उपचार आवश्यक भएका नवजात शिशुका लागि नवजात सघन उपचार केन्द्र (नियोनेटल इन्टेन्सिभ केयर युनिट (एनआईसियु) र सघन उपचार आवश्यक भएका बालबालिकाका लागि बाल सघन उपचार केन्द्र (पेडियाट्रिक इन्टेन्सिभ केयर युनिट (पिआईसियु) लगायतका सेवा रहेको छ।

प्रतिक्रिया दिनुहोस्