सांगितीक जिन्दगी सार्वजनिक

0
Shares

गायक एवम् सञ्चारकर्मी सुराच प्रसार्इंको पहिलो गीति अडियो एलबम जिन्दगी सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक समारोहबीच संगीतकार राजु सिह, राहुल प्रधान, निर्देशक बिभोर पोखरेल र भिजे रोसन लामाले एल्बमको सयुक्त रुपमा बिमोचन गरेका हुन्।

शो अवसरमा काशिराज बोहोराको प्रस्तुति रहेको एल्बममा समावेश बन्द नेपाल बोलको गीतको भिडियोसमेत सार्वजनिक गरियो। बिभोर पोखरेलले निर्देशन गरेको म्युजिक भिडियो सिन्धुली, कालापानी, बर्दिबास, जनकपुर, फर्पीङसहित देशका बिभिन्न स्थानमा छायंकन गरिएको छ। राष्ट्रिय भावना समेटिएको गीतको भिडियोमा गायक स्वयमले अभिनय गरेका छन्। फरक थिममा खिचिएको भिडीयोले बिभिधता भित्रको एकता र राष्ट्रियताको बिषयलाई गम्भीर शैलीमा प्रस्तुत गरिएको छ। एल्बममा बन्द नेपाल, नाइनलको सारी, जोर मादल र जहाँ म संसार देख्छु गरी कुल ४ गीत संगहृति छन्।

कार्यक्रममा संगीतकार राजु सिंहले बलियो सम्भावना बोकेको गायकका रुपमा गायक प्रसाईलाई स्विकार्नेमा आफु बिश्वस्त रहेको बताए। अहीले हिट र भाइरल हुने नाममा संगीत क्षेत्रमा सस्तो लोकप्रियता बढिरहेका बेला त्यसबाट सचेत रहँदै उत्कृष्ट सृजना पस्कन पनि उनले आग्रह गरे। त्यस्तै निर्देशक पोखरेलले आफुले आफ्नो निर्देशनकै करियरमा एउटा फरक शैली र सोचमा भिडियो निर्माण गरेको दाबी गरे। भने संगीतकार राहुल प्रधानले गायक प्रसाईमा भर्सटाइलिटी र जस्तो पनि गीतलाई न्याय गर्न सक्ने खुबी रहेको बताए।