धरानमा आयोजना हुन लागेको इन्टरनेशलन फिल्म फेस्टिबल अफ नेपाल–२०१७ (इफोन) अन्र्तगत इन्टरनेशलन फिक्सन फिल्म फुल लेन्थ कम्पिटिसनमा नेपालबाट दुई फिल्म चयन भएका छन्। आगामी पुष २७ देखि माघ २ गतेसम्म धरानको विपि काईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रेक्षालयमा कम्पिटिशनका लागि नेपालबाट कुल ८ फिक्सन फिल्म परेकोमा मिन बहादुर भाम निर्देशित फिल्म कालो पोथी र मनोज पण्डित निर्देशित छायाँ चयन भएको हो।
फेस्टिबलअन्र्तगतको यो कम्पिटीशनमा विभिन्न ६ देशका नौ फिल्म परेका छन्। जसअन्र्तगत भारतबाट हाफ टिकट र लेडी अफ द लेक, बँगलादेशबाट इन्नर साउन्ड र जर्नी टु रुट, जर्मनबाट सि–ओ–से–पोल, क्युबाबाट होटल न्युभाइस्ला र रुसबाट स्टेपी गेम्स् चयन भएको छ।
फिक्सन फिल्ममा उत्कृष्ट हुने फिल्मले एक हजार अमेरिकी डलर सहित गौतम बुद्ध अवार्ड प्राप्त गर्ने फेस्टिबल निर्देशक केपी पाठकले जानकारी गराए। इफोनमा यो प्रतिस्पर्धामा छानिएका नौओटै फिल्मले अन्तराष्ट्रिय फिल्म कम्पिटिसनमा भाग लिएर अवार्ड जितीसकेका छन्। त्यसैले यी फिल्मबिच कडा प्रतिस्पर्धा हुनेछ।











प्रतिक्रिया