निर्माता संघमा निर्विरोध कार्यसमिति



नेपाल चलचित्र निर्माता संघमा विवाद देखिँदै आए पनि नयाँ कार्यसमिति भने निर्विरोधरूपमा चयन भएको छ। संघको शुक्रबार सम्पन्न १४औं साधारण सभा र निर्वाचनमा निर्माता निर्देशक तथा अभिनेता आकाश अधिकारीको अध्यक्षतामा निर्विरोध कार्यसमिति निर्वाचित भएको हो।

लामो बहस र आन्तरिक छलफलपछि निर्विरोधरूपमा चयन गर्न सफल भएको कार्यसमितिको उपाध्यक्षमा गोविन्द शाही र माधव वाग्ले निर्वाचित भएका छन् भने सोही पदका अर्का आकांक्षी निर्माता केशव भट्टराईलाई विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ। त्यसै गरी कार्यसमिति सदस्य ११ जना पुर्याई निर्विरोध निर्वाचित गरिएको छ। कार्यसमितिको महासचिवमा रोज राणा, सचिवमा छविराज ओझा र कोषाध्यक्षमा सुशील पोखरेल निर्वाचित भएका छन् भने करिश्मा मानन्धर, दीपेन्द्र के खनाल, अर्जुन कुमार, निकिता पौडेल, रोहित अधिकारी, भानुप्रताप, दीपकराज गिरी, चेतन सापकोटा र रौनक विक्रम कँडेल सदस्यमा निर्वाचित भएका छन्। विधान संशोधनपश्चात् निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई पनि सदस्यमा ल्याइने भएको छ।

प्रतिक्रिया दिनुहोस्