उर्वशी अर्जुनको पछि लागेपछि …

0
Shares

कुरा केही दिनअघिको हो। तर, अहिले मात्र बाहिर आएको छ। भारतीय सञ्चार माध्यमले सूत्रलाई उद्धृत गर्दै जनाएअनुसार उर्वशी रौटेला अर्जुन रामपालको पछाडि लाग्दा त्यसबाट छुट्कारा पाउनका लागि अर्जुन बाथरुममा लुक्न बाध्य भए।

उर्वशी हट छिन््। तर, पनि हाल उनले बलिउडमा कुनै पनि फिल्म पाइरहेकी छैनन्। त्यसैले उनी बलिउडका सेलिब्रेटीको ध्यान आफूतिर खिच्नका लागि उनीहरुसँग बेला–बेला कुराकानी गरिरहन्छिन्। केही दिनअघि उनी एक पार्टीमा सहभागी थिइन्। त्यसै क्रममा सेलिब्रेटीहरुसँग सेल्फी लिने भूत उनमा सवार भयो। उनको छेउमा अर्जुन रामपाल पनि थिए। अर्जुन पार्टीको मुडमा थिए।

उवर्शीले उनीसँग सेल्फी लिने भनेर जिद्दी गरेपछि उनले उर्वशीको भनाइ टार्न सकेनन्। तर, उर्वशी फेरि एकैछिनमा उनीसामु पुगिन् र फोटो राम्रो नआएको भन्दै सेल्फी लिन जिद्दी गरिन्। यो पटक पनि अर्जुनले उनको इच्छा पूरा गरिदिए।
समाचारमा जनाइएअनुसर रमाइलो के भयो भने त्यसपछि अर्जुन जहाँ–जहाँ जान्छन्, उर्वशी त्यहीं–त्यहीं उनको पछि लाग्न थालिन्। यो देखेर अर्जुनले केही सोच्नै नसकेको र केही उपाय नलगेपछि उनी बाथरुमतिर छिरेको समाचारमा जनाइएको छ। समाचारअनुसार उर्वशी गइसकेपछि अर्जुन बाथरुमबाट बाहिर निस्किएका थिए।