सायद–२ विदेशका लागि बिक्री हुँदै



बलिउड फिल्मको सहायक निर्देशन र सिरियलको निर्देशन गर्दै आएका नेपाली युवा पुष्पराज न्यौपानेको डेब्यु निर्देशन रहेको फिल्म सायद–२ चैत २ गते रिलिजमा आउने भएको छ।

युवा तथा किशोरकिशोरी केन्द्रित फिल्म भएकाले सायद–२ लाई एसएलसी परीक्षा शुरु हुनु २ साताअघि नै रिलिजमा ल्याइन लागेको फिल्मकी निर्मात्री दुर्गिस थापाले जानकारी गराएकी छिन्। ‘एसएलसी परीक्षालाई मध्यनजर राख्दै डेट तोकेका हौं, निर्मँता तथा अभिनेता सुनील रावलसँगै दुर्गिसले भनिन्– ‘टिनएज लक्षित फिल्म भएकाले पनि उक्त मिति हाम्रा लागि सान्दर्भिक हुनेछ।

सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, अमृत ढुंगाना, कुशल पाण्डे, निशा कार्की, सुनील रावललगायत धेरैजसो नयाँ कलाकारलाई समावेश गरेर तयार पारिएको फिल्म १६ लाख रुपियाँमा अस्ट्रेलियाका लागि नमस्ते इन्टरटेनमेन्टलाई बिक्री गरिएको निर्माता रावलले जानकारी गराए। उनले जापानका लागि ८ लाख, न्युजिल्यान्डका लागि १ लाख, क्यानडाका लागि २ लाख, अमेरिकाका लागि १६ लाख, पोर्चुगलका लागि २ लाख, हङकङका लागि ४ लाख रुपियाँमा बिक्री गरिएको जानकारी गराए। फिल्मकी निर्मात्री दुर्गिस थापाले आगामि प्रोजेक्ट लाउरे निर्माणमा जुटेको बताइन्।

प्रतिक्रिया दिनुहोस्