लुगामा रमाउने पाठो


न्युजर्सी, (एजेन्सी)
अमेरिकाको न्युजर्सीको एन्नाडेलस्थित यस ६ महिने पोली नामक पाठोलाई हाँसको जस्तो पहिरन लगाइ दिएपछि त्यसको सम्पूर्ण तनाव हराउने गरेको पाइएको छ। जन्मजात अन्धो भएकाले दुखित र चिन्तित रहने गरेका पोली यस्तो पोशाक लगाइदिँदा शान्त र मख्ख पर्ने गरेको पशु आरक्षण केन्द्रका व्यवस्थापक लियान्ने लरिसेल्लाले बताएकी छिन्। पोलीको मालिक घरदेखि टाढा काम गर्नुपर्ने भएकाले त्यसलाई चार महिनाअघि त्यो केन्द्रमा ल्याइएको थियो। वास्तवमा बालबिालिकाका लागि बनाइएको हाँसको उक्त पहिरन लगाइदिँदा पोली निकै न्यानो मानी मस्ता निँदाउने गरेका बताइएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।