सिजीका दुई स्मार्टफोन बजारमा



नेपाल समाचारपत्र
काठमाडौं
सिजी मोबाइलले नेपाली बजारमा नयाँ दुई स्मार्टफोन ल्याएको छ। इओन ब्लेज सिक्स र इओन ब्लेज प्रो सिरिजका दुई मोडल कम्पनीले बजारमा ल्याएको हो।
इओन ब्लेजमा ६ इन्चको एचडी डिस्प्ले रहेको छ। यसमा १३ मेगापिक्सेलको रियर र सेल्फीका लागि ५ मेगापिक्सेलको क्यामेरा छ।त्यस्तैएन्ड्रोइड भर्सनको स्मार्टफोनमा २८ सय एमएएच पावरको ब्याट्रीको क्षमता रहको कम्पनीले जनाएको छ। १ जीबी र्याम १६ जीबी इन्टरनल स्टोरेज क्षमता रहेको यस फोनको मूल्य ११ हजार १ सय ११ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ।
त्यस्तै इओन ब्लेज प्रोमा भने ५ दशमलव ५ इन्चको डिस्प्ले, १३ मेगा पिक्सेलको रियर र ५ मेगा पिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ। यसमा २४ सय एमएएच पावर क्षमताको ब्याट्री रहेको छ। साथै१ जीबीको र्याम र १६ जीबीको इन्टरनल स्टोरेज क्षमता छ। यो स्मार्टफोनको मूल्य ९ हजार ६ सय ९९ रुपियाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्