रास्वपाको पहिलो केन्द्रीय समिति बैठक: तीन निर्णय, अनुशासन आयोगमा लेखनाथ पौडेल नियुक्त


काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले तीन महत्वपूर्ण निर्णय गरेको छ।

बुधबार नवनिर्वाचित केन्द्रीय समितिको शपथग्रहणपछि बसेको बैठकले महाधिवेशन सम्पन्न गर्न खटिएका उपसमितिहरू तथा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्ने निर्णय गरेको छ।

त्यस्तै, पार्टी विधानअनुसार लेखा आयोग रिक्त हुन नहुने व्यवस्था बमोजिम पुरानो लेखा आयोग विघटन गरी सोही टोलीलाई पुनः जिम्मेवारी दिने निर्णय गरिएको छ। साथै, अनुशासन आयोगमा उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई नियुक्त गरिएको छ।