आईक्यानबाट सन नेपाल लाइफलाई ‘सर्टिफिकेट अफ मेरिट’ सम्मान


काठमाडौं ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को National Best Presented Annual Report Award–2025 अन्तर्गत Certificate of Merit प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, लेखा मापदण्डको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

सम्मान ग्रहणपछि निमित्त प्रमुख कार्यकारी अधिकृत कवि फुयालले यो उपलब्धिले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको बताउँदै सम्पूर्ण बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा सरोकारवालाप्रति आभार व्यक्त गर्नुभयो।