डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता


काठमाडौं ।

उसमान डेम्बेलेको ह्याट्रिक प्रेरणामा फ्रान्सले फिफा विश्वकप २०२६ को समूह चरणको अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गरेको छ।

लगातार तेस्रो जितसँगै फ्रान्स समूह ‘आई’को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। डेम्बेलेले पहिलो हाफमै तीन गोल गर्दै टोलीलाई सहज अवस्थामा पुर्‍याएका थिए भने दोस्रो हाफको इन्जुरी समयमा डिजायर डोएले अर्को गोल थपे।

नर्वेका थेलो आसगार्डले एक गोल फर्काए पनि टोली हार टार्न सकेन। हारका बाबजुद नर्वे समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ।