मिर्चैयामा प्राइम टायल्सको नयाँ शोरुम सञ्चालनमा


काठमाडौं ।

सिराहाको मिर्चैयास्थित पशुपति ट्रेडर्समा प्राइम टायल्सको नयाँ क्लासिक शोरुम सञ्चालनमा आएको छ। प्राइम सेरामिक्सका महाप्रबन्धक प्रदीप कुमार झाले शोरुमको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा निर्माण व्यवसायी, ठेकेदार, टायल मिस्त्री, स्थानीय उपभोक्ता तथा सञ्चारकर्मीको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीका अनुसार बढ्दो निर्माण गतिविधिलाई लक्षित गर्दै ग्राहकलाई गुणस्तरीय टायल्स सहज रूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याइएको हो।

शोरुममा विभिन्न आकार, डिजाइन र फिनिसिङका फ्लोर, वाल, टेरेस तथा डेकोरेटिभ टायल्स उपलब्ध छन्। साथै ग्राहक, इन्जिनियर, आर्किटेक्ट तथा निर्माण व्यवसायीलाई डिजाइन सुझाव र प्राविधिक परामर्शसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

Skip This