काठमाडौं ।
नेपालले एउटै आपूर्तिकर्ताबाट भारतको तुलनामा निकै महँगो मूल्यमा रासायनिक मल खरिद गरिरहेको तथ्य सार्वजनिक भएको छ।
सिङ्गापुरस्थित एसएस आदित्य बिर्ला ग्लोबल ट्रेडिङले भारतलाई प्रतिमेट्रिक टन ५४० अमेरिकी डलरमा उपलब्ध गराएको मल नेपाललाई ९००.७५ अमेरिकी डलरमा आपूर्ति गर्ने ठेक्का पाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य घटिरहेको अवस्थामा पनि नेपालले उच्च मूल्य तिर्नु परेको भन्दै कृषि सामग्री कम्पनीभित्रै प्रश्न उठेको छ।
उता, भारतसँगको जीटुजी सम्झौताअनुसार आउने ५० हजार मेट्रिक टन मल पनि १२० दिनपछि मात्र आइपुग्ने भएकाले किसानले रोपाइँ सिजनमा मल नपाउने अवस्था देखिएको छ।











प्रतिक्रिया