आई.एम.ई लाइफलाई आईक्यानको ‘BPA रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत ब्रोन्ज अवार्ड


काठमाडौं । 

आई.एम.ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले IME Life Insurance Company Limited लाई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) Institute of Chartered Accountants of Nepal (ICAN) द्वारा प्रदान गरिने “National Best Presented Annual (BPA) Report Award–2025” अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेको छ।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनमा उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, नेपाल वित्तीय प्रतिवेदन मान तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

काठमाडौंस्थित Hotel Yak & Yeti मा आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन खड्का र प्रमुख वित्तीय अधिकृत जगत बोहराले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।

कम्पनीले यस सफलताले वित्तीय जवाफदेहिता, पारदर्शिता र सुशासनप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाएको जनाएको छ। साथै, देशभर फैलिएको शाखा सञ्जाल, ठूलो अभिकर्ता नेटवर्क र सुदृढ वित्तीय आधारका साथ कम्पनी निरन्तर अगाडि बढिरहेको पनि उल्लेख गरिएको छ।