काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन पक्षले सहमतिका लागि सात बुँदे प्रस्ताव पठाएको भन्ने विषयमा आफूहरूलाई कुनै जानकारी नभएको जनाएको छ।
सचिवालयले बाहिर प्रचार गरिएको उक्त विषय मनगढन्ते, कपोलकल्पित तथा भ्रामक सूचना भएको दाबी गर्दै यस्ता भ्रमपूर्ण समाचारमा नपर्न आग्रह गरेको छ।
सचिवालयका अनुसार कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति बनेपछि २०८२ चैत २२ गते प्रदीप पौडेल र २०८३ वैशाख २२ गते गगन थापाले विशालनगरस्थित सचिवालयमा पुगेर डा. कोइरालासँग भेटवार्ता गरेका थिए।
त्यसयता कसैसँग पनि कुनै संवाद वा सम्पर्क नभएको सचिवालयले स्पष्ट पारेको छ।











प्रतिक्रिया