काठमाडौं।
सुनसरीको कोशी गाउँपालिका–८ भाण्टाबारीमा शुक्रबार राति भएको सवारी दुर्घटनामा प्रहरी जवान ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको छ।
त्रियुगा नगरपालिका–२ उदयपुरका स्थायी बासिन्दा पौडेलले चलाएको मोटरसाइकल सिटी सफारीसँग ठोक्किँदा गम्भीर घाइते भएका थिए।
उपचारका क्रममा शनिबार उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। कोशी ब्यारेज प्रहरीचौकीमा कार्यरत पौडेलको दुर्घटनापछि सिटी सफारी चालक रजाक मियाँ फरार रहेका छन् भने प्रहरीले उनको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।











प्रतिक्रिया