डी सिने अवार्डको २७औँ संस्करण सम्पन्न, अञ्जिला बन्यो उत्कृष्ट फिल्म


काठमाडौं ।

छायाँछवि क्रियशनको आयोजनामा निरन्तर हुँदै आएको डी सिने अवार्डको २७औँ संस्करण सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित समारोहमा नेपाली चलचित्र उद्योगमा योगदान पुर्‍याउने चलचित्र, चलचित्रकर्मी तथा विभिन्न विधाका कलाकारहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

नेपाली चलचित्र उद्योगको प्रवर्द्धन, संरक्षण र विकास गर्ने उद्देश्यले आयोजना गरिएको अवार्ड समारोहमा चलचित्र क्षेत्रका अग्रज व्यक्तित्वहरूलाई पनि विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ। यस वर्ष निर्देशक ज्ञानेन्द्र देउजा र अभिनेत्री निरुता सिंह सम्मानित भएका छन्। त्यस्तै चलचित्र पत्रकारितातर्फ रंग पत्रकार सचित खड्कालाई पनि पुरस्कृत गरिएको थियो।

समारोहमा हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’, अभिनेत्री तेजुला वितस्ता, कलाकार गीता नेपाल, गायिका मीना नेपालीलगायत विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो। व्यवसायी तथा समाजसेवी विश्राम मानन्धरलाई पनि विशेष सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा सेलिब्रेशन कमिटीका जुरी सदस्यहरूलाई समेत सम्मान गरिएको थियो। अवार्ड समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष, चलचित्रकर्मी, पत्रकार तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रमुख विजेता

उत्कृष्ट चलचित्र :

• अञ्जिला (मन लक्ष इन्टरटेनमेन्ट प्रा.लि.)

उत्कृष्ट निर्देशक :

• मिलन चाम्स – अञ्जिला

उत्कृष्ट अभिनेता :

• विजय बराल – पूर्ण बहादुरको सारङ्गी

उत्कृष्ट अभिनेत्री :

• सुश्मिता खड्का – बेहुली फ्रम मेघौली

उत्कृष्ट सह अभिनेता :

• जीतु नेपाल – कार्साङ

उत्कृष्ट सह अभिनेत्री :

• ऋचा घिमिरे – तेल भिसा

उत्कृष्ट चरित्र अभिनय :

• राजवल्लभ कोइराला – फुट्रेट टेक वान

उत्कृष्ट नव निर्देशक :

• चन्द्र पन्त – ह्रस्व दीर्घ

अन्य विधाका विजेता

• उत्कृष्ट छायाँकार : पुरुषोत्तम प्रधान – पिताम्बर

• उत्कृष्ट सम्पादक : वंशी प्रसाद – पिताम्बर

• उत्कृष्ट गीतकार : सुरेन्द्र राना – रुकुम मैकोट (खुश्मा)

• उत्कृष्ट संगीतकार : अर्जुन पोखरेल – करम बत्तीको (ज्वाइँ साब)

• उत्कृष्ट गायक : रविन सुवेदी – बिहे भाको छैन (छक्का पञ्जा ५)

• उत्कृष्ट गायिका : बेनिशा पौडेल – बिहे भाको छैन (छक्का पञ्जा ५)

• उत्कृष्ट द्वन्द्व निर्देशक : अष्ट महर्जन – फुट्रेट टेक वान

• उत्कृष्ट नृत्य निर्देशक : रामजी लामिछाने – जुनिजुनि भरिलाई (दुखी आत्मा)

• उत्कृष्ट जुरी अवार्ड : कृपा चौलागाईं – पिताम्बर

• उत्कृष्ट डेब्यु सुपरस्टार चलचित्र : शंकर घिमिरे – तेल भिसा