मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध अदालत जाने तयारीमा एमाले


काठमाडौँ । नेकपा एमालेले जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध आवश्यक परे अदालत जाने तयारी गरेको जनाएको छ। एमाले महासचिव शङ्कर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा उक्त प्रतिवेदनलाई पूर्वाग्रही, बदनियतपूर्ण र षड्यन्त्रमूलक भएको आरोप लगाएका छन्।

एमालेले अदालत जानुअघि प्रतिवेदन पुनरावलोकन गर्न आयोगलाई आग्रह गर्ने जनाएको छ। साथै, मर्का परेको पक्षको तर्फबाट आयोगसमक्ष आपत्ति तथा पुनरावलोकनको माग गर्ने र संवैधानिक प्रश्न उठेमा न्यायिक पुनरावलोकनका लागि अदालत जाने तयारी रहेको उल्लेख गरिएको छ। पार्टीले विधिको शासन, संविधान र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणलाई केन्द्रमा राखेर आगामी रणनीति तय गर्ने जनाएको छ।