काठमाडौं ।
नेपालका अन्तर्राष्ट्रिय मोर्डन पेन्टाथलन खेलाडी पेमा याङजोम घले ग्रीसको ओलम्पियामा आयोजना हुन गइरहेको “६६ औँ इन्टरनेसनल सेसन फर योङ ओलम्पिक एम्बेसेडर्स” मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेकी छन् ।
आगामी जुन ६ देखि जुन १८ सम्म सञ्चालन हुने उक्त प्रतिष्ठित अन्तर्राष्ट्रिय सत्रमा नेपालको प्रतिनिधित्व गर्दै सहभागी हुन लागेकी घलेलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव राजिव श्रेष्ठले बिदाई गर्नुका साथै सफलताको शुभकामना व्यक्त गरेका छन् । ईन्टरनेसनल ओलम्पिक एकेडेमीद्वारा आयोजित उक्त विशेष कार्यक्रममा विश्वभरका युवा खेलकुद दूतहरूलाई आमन्त्रण गर्ने गरिन्छ ।
ललितपुरको सातदोबाटोस्थित ओलम्पिक कमिटीको मुख्यालयमा आयोजित बिदाई कार्यक्रममा नेपाल ओलम्पिक एकेडेमीका निर्देशक सुजनलाल श्रेष्ठ, मोर्डन पेन्टाथलन संघ नेपालका उपाध्यक्ष राजु दर्शन, कोषाध्यक्ष शैलेन्द्र श्रेष्ठ र सदस्य ज्ञानेन्द्र श्रेष्ठ लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।











प्रतिक्रिया