जोकोभिचको २५ औं ग्रान्डस्लाम जित्ने अवसर जुटेन

282
Shares

काठमाडौं ।

सर्बियाली खेलाडी नोभाक जोकोभिच ३९ वर्षको उमेरमा अझै उपाधि जित्नका लागि खेलिरहेका छन् । उनको एउटै लक्ष्य छ २५ औं ग्रान्डस्लाम उपाधि जितेर विश्व रेकर्ड राख्नु हो । पूर्व विश्व एक नम्बर खेलाडीले पछिल्ला तीन वर्षदेखि रेकर्ड ग्रान्डस्लाम उपाधि जित्न कोशिस गरिरहेका छन् । तर, उनी हरेक वर्ष विफल हुँदैं आएका छन् ।

यस वर्ष २०२६ मा पनि दुई वटा ग्रान्डस्लाम प्रतियोगिताहरू अस्टे«लियन ओपन र फ्रेन्च ओपनमा जोकोभिचको लक्ष्य पूरा हुन सकेन । जनवरीमा सम्पन्न अस्टे«लियन ओपनको फाइनलमा पुगे पनि उनले विश्व रेकर्ड बनाउन सकेनन् । उनी फाइनलमा युवा खेलाडी स्पेनका कार्लोस अल्काराजसँग हारको सामना गर्नुप¥यो ।

अहिले पेरिसमा चलिरहेको फ्रेन्च ओपनमा पनि जोकोभिचको चुनौती समाप्त भइसकेको छ । यसपटक भने उनी तेस्रो चरणमै पराजित भए । कार्लोस नाडीको चोटको कारण प्रतियोगितामा सामेल नभएका र विश्व नम्बर एक जानिक सिनर दोस्रो चरणमै पराजित हुँदा जोकोभिचका लागि उपाधि जित्ने सुन्दर अवसर बनेको थियो ।
जोकोभिचले २५ औं रेकर्ड ग्रान्डस्लाम उपाधि जित्ने अभियानअन्तर्गत तेस्रो चरणमा राम्रो सुरुआत गरे पनि । जोकोभिचले उनीभन्दा आधा उमेरका खेलाडीविरुद्ध पहिलो दुई सेट जितेका थिए ।

उनी र उनका समर्थकका साथै टेनिसका समर्थकहरूले जोकोभिच जित्ने नै सोचे । तर, ब्राजिलका १९ वर्षको खेलाडी जोआयो फोन्सेकाले लगातार तीन सेट जितेर सबैको अनुमान गलत बनाइदिए । यो हारसँगैं जोकोभिचको सुन्दर अवसर गुमेको छ । जोकोभिचले पछिल्लो तीन वर्षदेखि एक ग्रान्डस्लाम जित्न सकेका छैनन् । २५ औं ग्रान्डस्लाम उपाधि जित्न मेहनत गरिरहेका उनलाई यो अभियानमा बाधा मुख्यतया स्पेनका कार्लोस अल्काराज र सिनर नै गरेका छन् । यसपटक यी दुबै खेलाडीको बहिर्गमनपछि उनलाई मौका थियो । तर, यो मौका उनले गुमाएका छन् ।

जोकोभिचको पछिल्लोपटकको ग्रान्डस्लाम उपाधि २०२३ को यूएस ओपन थियो । सो वर्षमा उनले विम्बल्डनबाहेक बाँकी तीनै ग्रान्डस्लाम उपाधि जितेका थिए । यसपछि उनी २०२४ र २०२५ मा ग्रान्डस्लाम उपाधि जित्न असफल भए । यी दुबै वर्षमा उनले अल्काराज र सिनरसँग लगातार पराजय बेहोरेका थिए ।
जारी २०२६ मा दुई ग्रान्डस्लाम प्रतियोगितामा उनी विफल भइसकेका छन् । अब, उनका लागि यो वर्ष विम्बल्डन र यूएस ओपनमा उपाधि जित्ने अवसर बाँकी रहेको छ ।

पछिल्ला दुई वर्षको ग्रान्डस्लाममा जोकोभिचको प्रदर्शन
२०२४ अस्टे«लियन ओपन–विजेता जानिक सिनरसँग सेमिफाइनलमा पराजित
फ्रेन्च ओपन–क्यास्पर रूडविरुद्धको क्वार्टरफाइनल खेल परित्याग (कार्लोस
अल्काराज विजेता)

विम्बल्डन – कार्लोस अल्काराजसँग फाइनलमा पराजित
यूएस ओपन–तेस्रो चरणमा पराजित (जानिक सिनर विजेता)
२०२५ अस्टे«लियन ओपन–एलेक्सान्डर ज्वेरेभविरुद्धको सेमिफाइनल खेल परित्याग (
जानिक सिनर विजेता)

फ्रेन्च ओपन–विजेता कार्लोस अल्काराजसँग सेमिफाइनलमा पराजित
विम्बल्डन –विजेता जानिक सिनरसँग सेमिफाइनलमा पराजित
यूएस ओपन– विजेता कार्लोस अल्काराजसँग सेमिफाइनलमा पराजित
२०२६ अस्टे«लियन ओपन–विजेता कार्लोस अल्काराजसँग फाइनलमा पराजित
फ्रेन्च ओपन–तेस्रो चरणमा पराजित