काठमाडौं।
निम्स, ग्रिनफिल्ड र चाँदबागले दोश्रो महामञ्जुश्री कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा च्याम्पियन बनेका छन् ।
नागार्जुन नगरपालिका वडा ५, सीतापाइलास्थित आयोजक महामञ्जुश्रीको कोर्टमा भएको सिनियर ब्वाइजको फाइनलमा निम्सले विल्सन एकेडेमीलाई १८–८ ले पराजित ग¥यो । जुनियर ब्वाइजको फइनलमा ग्रिनफिल्डले आयोजक महामञ्जुश्रीलाई ९–६ ले हरायो । गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पुष्पसदनलाई १७–३ ले सहजै पाखा लगायो । विजेता ३ मध्ये दुई टोली उपाधि रक्षा गर्न सफल भए । सिनियर गल्र्समा चाँदबाग र जुनियर ब्वाइजमा ग्रिनफिल्ड लगातार दोश्रोपटक च्याम्पियन बनेका हुन् । सिनियर ब्वाइजको साविक विजेता विल्सन यसपटक उपविजेतामा सीमित भयो ।
सिनियर ब्वाइजमा निम्सका फुर्वा साङ्गे तामाङ, जुनियर ब्वाइजमा ग्रिनफिल्डका अजय मगर र सिनियर गल्र्समा चाँदबागकी अमौलिका खड्का ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए । सिनियर ब्वाइजमा सभ्यता, जुनियर ब्वाइजमा एनसीसीएस र सिनियर गल्र्समा स्वर्णिम ‘इमर्जिङ टिम’ चुनिए । सिनियर ब्वाइजमा होली भिजन, जुनियर ब्वाइजमा कोहिनुर र सिनियर गल्र्समा केभीएस, रानीवन अनुशासित टिम ठहरिए ।
विजेतालाई महामञ्जुश्रीका प्रिन्सिपल चुडामणि मरासिनी, भाइस प्रिन्सिपलद्वय हेमलता चाम्लिङ र प्रेम जिसी, बास्केटबल प्रशिक्षक सैलेश श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।











प्रतिक्रिया