एन्जल्स हार्ट र गण्डकी प्रिक्वार्टरफाइनलमा


काठमाडौं।

साविक विजेता एन्जल्स हार्ट र गण्डकी दोश्रो तेजस्वी कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
आइतबारको खेलमा एन्जल्स हार्टले जीवन ज्योतिलाई ३२–२५ तथा गण्डकीले रिलायन्स पब्लिकलाई २७–२५ ले पराजित गरे । एन्जल्स हार्टका रुपेश पौडेलले १३ तथा गण्डकीका सुविन अर्यालले ११ अंक जोडे ।

ब्वाइजमै स्कोलर्स होमले केएमसीलाई ३१–२२, टीआईएले ज्ञानोदयलाई २७–२२, मार्वलसले वागमतीलाई ६३–४०, केभीसीले ज्ञान संस्कार इन्टरनेसनल स्कुललाई ५८–४५, ह्वाइट हेभनले हिमरश्मिलाई ३०–२३, जेबी स्कुलले बेलमोन्टलाई ५३–२२ र गोल्डेनपिकले स्किब्सलाई ४५–३३ ले हराए ।
गल्र्समा वागमतीले ज्ञानोदयलाई २३–१५, आयोजक तेजस्वी एकेडेमी ‘ए’ ले केएमसीलाई १९–९ र हिमरश्मिले तेजस्वी ‘बी’ लाई २१–१७ ले पाखा लगाए । वागमतीकी स्मृति पोखरेलले १०, तेजस्वी ‘ए’ की श्रेया छन्त्यालले ८ र हिमरश्मिकी पूर्णिमा कार्कीले ९ अंक बटुले ।