काठमाडौं ।
बैंकिङ कसुर मुद्दामा फरार रहेका प्रतिवादी हर्कबहादुर बुढालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।
जिल्ला रुकुम पूर्व पुथा उत्तरगंगा गाउँपालिका–४ स्थायी घर भई हाल ललितपुर महानगरपालिका–४ बस्दै आएका ४६ वर्षीय हर्कबहादुर बुढाविरुद्ध काठमाडौं जिल्ला अदालत, बबरमहलबाट २०८२ पुस १ गते पक्राउ अनुमति पुर्जी जारी भएको थियो ।
फरार रहेका बुढालाई खोजतलास गर्ने क्रममा प्रहरीले जेठ ६ गते बुधबार बिहान करिब ११ः३० बजे काठमाडौं महानगरपालिका–१४ कलङ्की क्षेत्रबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका बुढालाई आवश्यक अनुसन्धान तथा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं, भद्रकाली पठाइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया