काठमाडौं ।
सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन शाह उपस्थित हुने वा नहुने विषयमा छलफल गर्ने बताएका छन् ।
बुधबारको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले अवरोध गरेपछि सभामुख अर्यालले प्रधानमन्त्रीसँग संवाद गर्ने तयारी भएको जानकारी दिएका हुन् ।
उनले बैठकपछि प्रधानमन्त्रीसँग छलफल गर्ने र त्यसपछि कार्यव्यवस्था समितिमा आगामी कार्यक्रमबारे निर्णय गरिने बताए । तर, प्रधानमन्त्री उपस्थित हुनेबारे तत्काल निर्णय गर्न नसकिने उनले स्पष्ट पारे ।
कांग्रेस सांसदहरूले भने बैठकमा अवरोध जारी राखेका थिए ।











प्रतिक्रिया