माइतीघरमा लघुवित्त पीडितको आमरण अनशन


काठमाडौं ।

लघुवित्त तथा वित्तीय संस्थाबाट पीडित एक समूहले आफ्ना माग कार्यान्वयनको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सामूहिक आमरण अनशन सुरु गरेको छ।

संघर्ष समितिले चर्को ब्याज, चक्रवृद्धि ब्याज, धितो लिलामी तथा गैरकानुनी असुलीका कारण विपन्न, किसान र मजदुरहरू मारमा परेको जनाएको छ। सरकारसँग भएका सहमति कार्यान्वयन नभएकाले बाध्य भएर आमरण अनशनमा बस्नुपरेको समितिको भनाइ छ।

समितिले आफ्ना मागहरूको औपचारिक सम्बोधन नभएसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रम निरन्तर जारी रहने चेतावनी दिएको छ।