सडकबीचका विद्युत् पोल हटाइने, स्थानीय तहसँग समन्वय सुरु


काठमाडौं । 

नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामा बाधा पुर्‍याइरहेका मुख्य सहरी सडकबीचका विद्युत् पोल स्थानान्तरणका लागि स्थानीय तहसँग समन्वय सुरु गरेको छ।

आर्थिक वर्ष २०८३/८४ को कार्यक्रमअन्तर्गत सडकबीचका जोखिमयुक्त पोल हटाउने तथा भूमिगत विद्युत् प्रणाली भएका क्षेत्रमा प्रयोगविहीन पुराना पोल, तार र केबल व्यवस्थापन गर्ने योजना अघि बढाइएको हो। यस कार्यक्रमले सडक सुरक्षा, सहरी सौन्दर्यीकरण र विद्युत् पूर्वाधार व्यवस्थापनमा सुधार ल्याउने अपेक्षा गरिएको छ।