सूर्यविनायक–धुलिखेल सडक विस्तारमा ढिलाइ, काम तीव्र पार्न दबाब


काठमाडौं ।

भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म विस्तार भइरहेको छ लेन सडक आयोजनाको निर्माण कार्य सुस्त बनेपछि स्थानीय तह र सरोकारवालाले काम तीव्र बनाउन आग्रह गरेका छन्।

बनेपामा भएको छलफलमा वर्षायामअघि सर्भिस लेन र सहायक सडक सञ्चालनयोग्य बनाउने प्रतिबद्धता निर्माण पक्षले जनाएको छ।

आयोजनाअनुसार सडक विस्तारको भौतिक प्रगति करिब ७० प्रतिशत पुगेको छ। बिटुमिन अभाव, निर्माण सामग्रीको मूल्यवृद्धि र बजारको असहज अवस्थाले काम प्रभावित भएको बताइएको छ।

धुलाम्मे सडक र अव्यवस्थाका कारण यात्रु तथा स्थानीयवासी समस्यामा परेका छन् भने दुर्घटनाको जोखिम पनि बढेको सरोकारवालाको भनाइ छ।