काठमाडौं ।
नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली मस्यौदामा भ्रष्टाचार मुद्दामा सांसदलाई विशेष छुट दिने व्यवस्था किन गरिएको भन्दै संसद्मा प्रश्न उठाएको छ ।
प्रतिनिधिसभा नियमावली मस्यौदाको नियम २५९ मा सभा, समिति र सदस्यका हकमा नियमावली नै विशेष कानुनसरह लागू हुने उल्लेख गरिएको छ । उक्त व्यवस्थाले प्रचलित अन्य कानुनभन्दा नियमावलीलाई माथि राख्न खोजिएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।
सोमबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर कांग्रेसका सचेतक निश्कल राई ले प्रस्तावित व्यवस्था भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुनसँग बाझिने बताए । उनले संसद्, संसदीय समिति र सांसदलाई अन्य कानुनले छुन नसक्ने गरी व्यवस्था गर्न खोजिएको भन्दै प्रश्न उठाए ।
राईले सरकारले अध्यादेशमार्फत अघि बढ्न खोजेको आरोप समेत लगाए । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशले संविधानको मर्मविपरीत काम गरेको उनको भनाइ थियो । उनले ६ सदस्यीय परिषद्मा ३ जनाले मात्रै निर्णय गर्न सक्ने तथा बराबरी हुँदा प्रधानमन्त्री पक्षको निर्णय लागू हुने व्यवस्था स्वीकार्य नहुने बताए ।











प्रतिक्रिया